प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छूट
काठमाडौं – प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलले छूट दिने भएको छ । एक समारोहका बीच भएको सम्झौतामा हस्पिटलका तर्फबाट रजत श्रेष्ठ र बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवामा ५ देखि १२ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । छूट सुविाधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तmानी गर्न सक्नेछन् ।
ब्लुक्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा समेतको व्यवस्था रहेको बताइएको छ ।
त्यसैगरी, ग्राहकको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।