ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा छूट

Image

काठमाडौं – ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ‘प्याथोलोजी टेष्ट’ शुल्कमा १५ प्रतिशत छूट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र डायग्नोष्टिकका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेकाछन् ।

समझदारीअनुसार बैंकका ग्राहकले डायग्नोष्टिकमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छूट पाउनेछन् ।

ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट फरकफरक विधामा बैंक सम्मानित भएको छ ।

 

Tags: