ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्डमा बोनस

Image

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई ‘किक फन वल्र्ड प्रालि’बाट सञ्चालित ‘वण्डरल्याण्ड नेपाल, बुङ्गमती’ले सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने भएको छ । बैंकका बागमती प्रदेश कार्यालय व्यवस्थापक निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकका ग्राहकले वण्डरल्याणमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउने बताइएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न संघ–संस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याएर ग्राहकलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

 

Tags: