ओशोधाराको त्रिदिवसीय योग साधना सम्पन्न

Image

काठमाडौं – ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतवार सम्पन्न भएको छ। काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताए।

यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरुका लागि यसपटक अमृत योगको आयोजना गरिएको हो। साधना समापनका अवसरमा विभिन्न अठ्ठाइस चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त बिष्टले बताए।

यसपटकको अमृत योगमा २२ जना सहभागी थिए । सहभागीहरुले आफ्नो योगाभ्यासको अनुभव सुनाउदै आत्मिक शान्तिका साथै शारीरिक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्या हल भएकोले आफूले नियमित भाग लिँदै आएको बताए। प्रशिक्षक आचार्य डा. नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यसप्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभइ यो जीवनशैली भएको बताइन्। उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमश सहज बनाउदै आइपर्ने समस्यालाई पनि त्यसै रुपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरिन्।

सहभागीहरुले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नैं छोडेर सन्यासी भएर हिँड्नु पर्ने नभइ अध्यात्मको उत्कृष्ट नमुना महसूस गरेको बताएका थिए। सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने पनि जानकारी दिइएको थियो ।आचार्य पूजारी, आचार्य ई. अनन्त विष्ट र आचार्य डा. नम्रताले अमृतमय बोधमा डुब्न सहज हुने साधना विधि मार्फत मृ्तयोर्मा अमृतम गमयको अनुभूतीमा पुग्ने गरी कार्यक्रम सन्चालन गरेका थिए ।

 

Tags: