विद्यार्थीको विदेश अध्ययनको सपना साकार पार्न थोमस इन्टरनेसनल अब इटहरीमा

Image

काठमाडौं – शैक्षिक परामर्श सेवामा अग्रणी संस्था थोमस इन्टरनेसनल एजुकेशनले आफ्नो नयाँ शाखा इटहरीमा विस्तार गर्ने घोषणा गरेको छ। अब इटहरी र आसपासका क्षेत्रका विद्यार्थीले यो संस्थाको गुणस्तरीय सेवा र सुविधाबाट लाभान्वित हुने अवसर पाउने संस्थाको अपेक्षा छ।  

थोमस इन्टरनेसनल एजुकेशनले अष्ट्रेलिया, जापान, अमेरिका, यूके र डेनमार्कलगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि परामर्श सेवा प्रदान गर्दै आएको छ। साथै, आयल्स, पीटीई, स्याट जस्ता टेस्ट तयारी सेवामा पनि यो संस्था विशेष लोकप्रिय रहेको छ।  

इटहरी शाखा इटहरीको धरान लाइनस्थित एप्पल शोरुम भवनको ग्राउन्ड फ्लोरमा सञ्चालनमा आउने तयारीमा छ। यस शाखाबाट विद्यार्थीले सहज रूपमा शैक्षिक परामर्श र तयारी सेवाहरू प्राप्त गर्न सक्नेछन्।  

थोमस इन्टरनेसनल एजुकेशनको मुख्य कार्यालय काठमाडौंको पुतलीसडकमा रहेको छ। संस्थाको म्यानेजिङ डाइरेक्टर कोशराज गिरिले आफ्नोे सेवाको पहुँच पूर्वी नेपालसम्म पुर्याउन इटहरी शाखाको सुरुवात गरिएको जानकारी दिए। उनले भने, “विद्यार्थीहरूको बढ्दो मागलाई ध्यानमा राख्दै इटहरी शाखा स्थापना गरेका हौं। यो क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रा सफल बनाउन हामी प्रतिबद्ध छौं।’
  
थोमस इन्टरनेसनल एजुकेशनले आफ्नो शाखा विस्तार गर्दै विद्यार्थीहरूको विदेश अध्ययनको सपना साकार पार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
 

Tags: