‘खुल्ला कविता प्रतियोगिता २०८१’ हुँदै

Image

काठमाडौं – नेपालका प्रथम नागरिक कुलपति स्व.केदारमान ब्यथित, अधिकारकर्मी एवं समाजसेवी स्व.पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व.चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले ‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना गरिएको व्यहोरा ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितले बताए।

यो कार्यक्रम नितान्त साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजनाको जिम्मेवारीमा पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले बताए।

पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागिएको कविता महोत्सवमा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगी रहने महोत्सवको आयोजनाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान  पु¥याउने  महोत्सवका संयोजक अनन्तकुमार श्रेष्ठले बताए।

कविता महोत्सवको संयोजक श्रेष्ठका अनुसार कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरुको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रुपमा काजीमान हरिटिका माध्यमिक विद्यालय रहेको र विद्यालयका प्राचार्य ऋषिराम शर्मा समन्वय प्रमुख रहेको कार्यक्रममा मिडिया संयोजकको रुपमा एक बहादुर गोदार (रमेश) र प्रचार संयोजकको रुपमा मोती प्रसाद मरासिनी रहेको श्रेष्ठले जानकारी दिए ।

कविता महोत्सवमा प्रथम पुरस्कार १५,५५५, द्धितिय पुरस्कार राशी ११,१११, तृतिय पुरस्कार राशी ७,७७७ रहेको बताइएको छ । कविता महोत्सवमा सहभागी कविताको मूल्यांकन गर्न नेपाली साहित्यका राष्ट्रिय स्तरका विज्ञ व्यक्तित्व, प्राज्ञ एवं प्राध्यापकबाट गरिने प्रबन्ध गरिएको जानकारी कविता महोत्सव संयोजक श्रेष्ठले  जानकारी दिए।

प्रतियोगितामा सहभागी हुन कविता २०८१ श्रावण १५ गते बेलुकी ५ बजे भित्र email id: kabitamahotsav2081@gmail.com फण्टमा टाईप गरी प्रतियोगी स्रष्टा एवं सर्जकले पठाउनुपर्ने बताइएको छ ।

कविताको अन्तिम छनौट सूची २०८१ श्रावण २० मा सार्वजनिक गरिनेछ । उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनौट हुनेछ । अन्तिम छनौटमा परेका उत्कृष्ट २० कवितालाई मिति २०८१ श्रावण ३१ गते कविता महोत्सवको अन्तिम दिन कविता बाचनको लागी सहभागी गराइने बताइएको छ ।

प्रतियोगितामा सहभागी कविता कुनै व्यक्ति विशेष,समुदाय,जातजाती वा धर्म सम्प्रदाय र राजनीतिक दल विशेषलाई आक्षेप लगाएको हुन नहुने र हालसम्म अप्रकाशित र कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने प्रतियोगिताका शर्त र नियमहरु रहेको ब्यहोरा ट्रष्टका संस्थापक व्यथितले जानकारी दिए ।

यो साहित्यिक अनुष्ठानलाई सफल पार्न मुक्तिनाथ फाउण्डेशन, मुक्तिनाथ विकास बैंक लि., मुक्तिनाथ कृषि कम्पनी लि.,सिनर्जीटेक सफ्टवेयर कम्पनी ललितपुर , सिटी एक्सप्रेस रेमिटान्स कम्पनी,नेपाली रिडर्स क्लब जापान, सेवा नेपाल काठमाडौँ , लिजेन्ट्स इन्टरनेशनल काठमाडौँ , टोखाई बाटिका इन्टरनेशनल स्कुल जापान, सिन्धु मल्टीप्रपोज प्रा.लि. एवं सिन्धु अर्गानिक एण्ड फार्म स्टे , काला भैरब ट्रेडर्स पोखरा लगायतले सहकार्य गरेको ब्यहोरा ट्रष्टका संरक्षक योगेन्दमान श्रेष्ठले जानकारी दिए । 
 

Tags: