प्रधानमन्त्री राहत कोषमा सिटिजन्स बैंकको २५ लाख सहयोग

Image

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रवार र शनिवारको अविरल वर्षाका पुगेको क्षतिको राहत तथा उद्धारमा सहयोगको लागि उक्त सहयोग गरेको बताइएको छ ।

लगातार वर्षाले कैंयौले ज्यान गुमाएको, हराइरहेको, घाइते भएको तथा दैनिक जनजीवन नै अस्तव्यस्त भएको अवस्थामा आवश्यक सहयोगको लागि बैंकले सहयोग गरेको बताइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिटिजन्स बैंक खाँचोमा परेकालाई सहयोग गर्न प्रतिबद्ध छ, संकटको घडीमा सिमित स्रोतसाधनबाट विभिन्न ठाउँमा सहयोग गरिरहेका भन्दै साथमा २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने बताए । 
 

Tags: