सीजीको “नयाँ सोचौँ, नयाँ रोजौँ” योजना

Image

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौँ नयाँ सोचौँ, र नयाँ नै रोजौँ भन्ने मूल सन्देशका साथ सीजीको “नयाँ सोचौँ, नयाँ रोजौँ” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ । 


यस उपहार योजना अन्तर्गत सी।जी।तथा सी।जी। मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु। ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरुसमेत उपलब्ध रहेको सीजीले जनाएको छ । 

आधुनिक प्रविधिको उत्कृष्ट गुणस्तरीय सामानसँगै नेपालको आप्mनै ब्राण्ड सीजीको विश्वास पाई ग्राहक ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ शुरुआत गर्दै उत्सव मनाउन सक्ने सीजीले जानकारी दिएको हो । 

यस उपहार योजना अन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडी टीभी, गुगल टीभी, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिने चौधरी ग्रुपले जनाएको छ ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल।इ।डी। टि।भि।, अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि।भी। मा क्यासब्याक लगायत २।१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि। एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के।जी। एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्ने पनि चौधरी ग्रुपले उल्लखे गरेको छ । 

साथै शून्य प्रतिशत ई।एम।आई। सीजी। लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि।जी।को सामान साट्न सक्ने सुबिधा पनि रहेको छ । 

यो योजना चैत्र २१ देखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको सीजीले जनाएको छ । 
 

Tags: