इक्यानद्वारा नव नियुक्त अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई स्वागत तथा शुभकामना

Image

काठमाडौं – शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदूत चित्रलेखा यादवलाई स्वागत तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेको छ। हार्दिक होटल, बागबजारमा सम्पन्न उक्त कार्यक्रममा इक्यानका पदाधिकारी, सदस्यहरू तथा शैक्षिक परामर्श क्षेत्रमा संलग्न व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रम इक्यानका महासचिव दीपकराज भुसालले सञ्चालन गरेका थिए। स्वागत सम्बोधनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले राजदूत यादवलाई सम्मान गर्दै उनको कार्यकाललाई सफल बनाउन इक्यानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, यादवलाई इक्यानको तर्फबाट मायाको चिनो प्रदान गर्दै उनले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे।

इक्यानका तत्कालीन अध्यक्ष प्रकाश पाण्डेले अष्ट्रेलियामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको अवस्था, भिसा स्वीकृति दर, शैक्षिक आप्रवासनका चुनौतीहरू र अवसरहरूको सन्दर्भमा विस्तृत विवरण प्रस्तुत गरे। उनले नेपाली विद्यार्थीहरूको हितका लागि राज्यस्तरमा पहल गर्नुपर्ने विषयमा पनि ध्यानाकर्षण गराए।

कार्यक्रममा राजदूत चित्रलेखा यादवले इक्यानको हार्दिक स्वागतका लागि धन्यवाद व्यक्त गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरूको सेवामा आफू प्रतिबद्ध रहने बताइन्। उनले विद्यार्थी तथा श्रमिकहरूका समस्या समाधानका लागि अष्ट्रेलियास्थित नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरिन्।

कार्यक्रमको अन्त्यमा ईक्यानका अध्यक्ष भट्टराईले राजदूत यादवलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरे।

 

Tags: