एनटिसीमा टिकटक चल्यो

Image

काठमाडौं - नेपाल टेलिकमले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा टेलिकमले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाएको बटाइएको प्रवक्त किशोरकुमार भट्टले जानकारी दिए ।

सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कात्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत भदौ ६ गतेकोे निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको थियो ।

टिकटकको प्रयोग÷पहुँचमा लगाइएको रोक हटेसँगै टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास  छ ।
                                                  

Tags: