सलिको र विभिन्न संस्थाबीच नगदरहित बीमासम्बन्धी सम्झौता
काठमाडौं – महिन्द्रा फोर ह्वीलरको विराटनगर, इटहरी, धरानका आधिकारिक विक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इष्टर्न अटो प्वाइन्टले नगदरहित दाबीका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)सँग सम्झौता गरेको छ ।
सोसम्बन्धी सम्झौतामा विक्रेताको तर्फबाट इष्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि महिन्द्राका ग्राहकले सवारीसाधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने बताइएको छ ।
सो अवसरमा सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधि, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधि, स्थानीय बैंकका प्रतिनिधि, बीमा सर्भेयर लगायतको उपस्थिति थियो ।