वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर 

Image

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको १७औं वार्षिकोत्सवको अवसरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकका बेनी शाखा र सुर्खेत शाखाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका हुन् ।

बैंकले म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधि वितरण कार्यक्रम गरेको हो । यसैगरी सुर्खेतको बराहताल गिरीघाटमा स्थानीय जीपी मेमोरियल नर्सिङ होम सँगको सहकार्यमा बैंकले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न बताइएकोे छ । स्वास्थ्य शिविरमा करीब ३०० जनाले सेवा लिएको बैंकले जानकारी दिएको छ ।
 

Tags: