चणिकलाल तामाङले पाए महालक्ष्मी विकास बैंकबाट १ लाख पुरस्कार 

Image

काठमाडौं  । अविरल वर्षासँगै शनिवार ललितपुर महानगरपालिका–१३, नख्खुखोलामा आएको बाढीले बगाएका २ व्यक्तिको सकुशल उद्धार गरेका काभ्रेको तेमाल गाँउपालिका–९ का ३३ वर्षीय चणिकलाल तामाङलाई  महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।

आइतवार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच तामाङलाई सम्मान गरिएको हो । जोखिमका बीच उनले देखाएको अदम्य साहसको सम्मान स्वरूप रू. १ लाखसहित सम्मान गरिएको हो । यस्ता कार्यले विपत्को समयमा नागरिकस्तरबाट सुरक्षित रूपमा उद्घार कार्यमा सहभागी हुन हौसला मिल्ने बैंकको विश्वास बैंकले छ । बैंकले बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
 

Tags: