झरीको बितण्डा (फोटो फिचर)

Image

वीरगन्ज महानगरपालिकाको-११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र डुबानसँगै सडक नदेखिँदा सडक किनाराको नालमा फसेको जीप । शुक्रबार रातीदेखि लगायतार परेको वर्षाको पानी सडकमै जम्मा भएपछि वीरगन्जका अधिकांश सडक डुबानमा परेका छन् । तस्बिर ः विजयकुमार महतो / रासस

मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध । यस सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानैदेखि अलपत्र परेका छन् । तस्बिरः विराट न्यौपाने/रासस

केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण डुबानमा परेको विश्वकै ठुलो शालिग्राम शिला र जोखिममा परेको सेतीवेणीबजार । नदीमा बहाब बढ्ने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन् । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस

भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । तस्बिर : रमेश गिरी / रासस

केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् । तस्बिर : सुमित्रा अधिकारी /रासस

Tags: