प्रभु बैंकका ग्राहकलाई काठमाडौं मोडेल अस्पतालमा छूट

Image

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच अस्पतालका  प्रबन्धकीय निर्देशक गौरी प्रधान र बैंकका प्रमुख मार्केटिङ्ग अफिसर  रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाडौं मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवामा विशेष छूट प्राप्त गर्न सक्ने बताइएको छ । साथै बैकका कर्मचारी तथा ग्राहकले बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन्। ।

नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाडौं मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकको लागि अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवा समेतको व्यवस्था रहेको छ । साथै अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

समारोहमा बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा अस्पतालका वित्तीय तथा प्रशासकीय नियन्त्रक चैनकुमार बज्रार्चायको समेत उपस्थिति थियो ।

 

Tags: