सिजि मोटर्सले सञ्चालनमा ल्याएको किङ्गलोङ्गको नयाँ शोरुम पानीपोखरीमा

Image

काठमाडौं– इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङ्ग (१४, १६ र १९ सिटर) इलेक्ट्रिक कमर्सियल भेहिकलको अधिकारिक विक्रेता सिजि मोटर्सले काठमाडौंको पानीपोखरीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । किङ्गलोङ्गका चेयरम्यान ल्यीउ झिजुनद्वारा नयाँ शोरुमको औपचारिक उद्घाटन गरेका हुन्।

किङ्गलोङ्गको पानीपोखरीस्थित नयाँ शोरुममा किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध रहेको बताइएको छ। सबै भेरियन्टमा उत्कृष्ट सिएटिएल ब्याट्री टेक्नोलोजीको प्रयोग भएको छ र जसले गर्दा एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलमा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एन.एम. को टर्क जेनेरेट गर्ने बताइएको छ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बि.एस., इ.बि.डि १८० एम.एम., ग्राउण्ड क्लेरेन्स , १५ इन्चको टाएर , रिभर्स क्यामेरा , रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिने बताइएको छ । उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ ।

किङ्गलोङ्ग १६ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५३.५८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ। उक्त गाडीमा १५ इन्चको टाएर पाउन सकिन्छ भने यो गाडीमा पनि ए.बि.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर विथ बजर, ए.भि.ए.एस. जस्ता विशेषताहरू पाउन सकिने बताइएको छ ।

 किङ्गलोङ्ग १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेग्मेन्ट अन्तर्गत पर्दछ र यसमा ठठ.द्दड पध्ज को ब्याट्री समावेश गरिएको छ। यस गाडीमा २२० एम.एम. को उत्कृष्ट ग्राउण्ड क्लेरेन्स पाउन सकिन्छ भने यसका साथै १६ इन्चको टाएर, ए.बि.एस., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर, ए.भि.ए.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., एल.इ.डि. डि.आर.एल. विथ प्रोजेक्टर हेड ल्याम्प जस्ता विशेषताहरू पाउन सकिने बताइएको छ । किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ब्याट्री र मोटरमा २,००,००० किलोमिटर वा  ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलहरुमा ४,००,००० किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टि पाउन सकिन्छ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने बताइएको छ । नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने कम्पनीले जानकारी दिएको छ।

 

 

Tags: