‘२०२४ एयर सिल्क रोड इन्टरनेशनल फोरम’ सम्पन्न, इक्यान पूर्वअध्यक्ष पाण्डेय भन्छन्, ‘अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यका नयाँ सम्भावनाको खोजी गर्न सफल’

Image

काठमाडौं – ‘२०२४ एयर सिल्क रोड इन्टरनेशनल फोरम’ चीनको नानजिङ विश्वविद्यालय अफ एरोनोटिक्स एन्ड एस्ट्रोनोटिक्समा नोभेम्बर १० देखि १५ सम्म सम्पन्न भएको छ। विश्वका ख्यातिप्राप्त शैक्षिक, सरकारी र उद्योग क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । यस फोरममा नेपालको प्रतिनिधित्व गर्दै एजुकेशन कन्सल्टेन्सी एशोसियशन अफ नेपाल (इक्यान)का पूर्वअध्यक्ष समेत रहेका एभरेष्ट कलेज तथा भेदाज कलेजका निर्देशक विष्णुहरि पाण्डेय सहभागी थिए , उनले फोरम अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यका लागि ‘नयाँ सम्भावनाको खोजी’ गर्न सफल रहेको बताए।

फोरममा आफ्नो विचार राख्दै पाण्डेयले आधुनिक युगमा शिक्षा सीमित राष्ट्रका लागि मात्र नभई, समग्र मानव कल्याणका लागि महत्वपूर्ण रहेको बताए। ‘आजको विश्वमा शिक्षा सीमामा बाँधिनु हुँदैन। विद्यार्थीले अन्तर्राष्ट्रिय दृष्टिकोण, विविध सीप र नवीनता सिक्न पाउनुपर्छ,’ उनले भने। उनले उच्च शिक्षा क्षेत्रमा सहकार्य गर्दै विविध राष्ट्रका विश्वविद्यालय, सरकार, र उद्योग क्षेत्रबीच सहकार्य गरी नयाँ शिक्षा प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

विद्यार्थीलाई साँचो अर्थमा प्रतिस्पर्धी र कार्यक्षम बनाउने हो भने शिक्षालाई विविध राष्ट्रका सीमाभन्दा पर पु¥याउनु आवश्यक रहेको उनको भनाइ छ। शैक्षिक संस्थाहरूले एक आपसमा सहकार्य गर्दै विद्यार्थीलाई सीमाभन्दा बाहिरको ज्ञान र सीप प्रदान गर्नुपर्ने उनले बताए।

उच्च शिक्षाका क्षेत्रमा देखिने अनेकौं चुनौतीहरूको सामना गर्न विश्वविद्यालयहरूले आपसी साझेदारी बढाउनु पर्ने भन्दै पाण्डेयले नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाहरूसँगका अनुभव साझा गर्दै यस्तो सहकार्यले विद्यार्थीको शैक्षिक र व्यक्तिगत विकासलाई अझ सशक्त बनाउन मद्दत पुग्ने बताए।

 

Tags: