राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी पवन रेग्मीलाई
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीले पाएका छन् ।
बैंक व्यवस्थापन समितिकोे बैठकको निर्णय अनुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी दिएको हो ।
बैंकले हाल ७७ जिल्लामा २९४ शाखा, ३१० एटिएम र ७३ एक्स्टेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।