कलश स्टक मार्केटः बिहीवारको कारोबारमा पहिलो स्थानमा

Image

काठमाडौं । बिहीवार कलश स्टक मार्केट (ब्रोकर नं. ७४)ले कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार तथ्यांकअनुसार, धितोपत्र कारोबार गर्ने दलाल कम्पनी मध्येमा कलश स्टक मार्केटले पहिलो पटक उच्च स्थान हासिल गरेको हो।

कम्पनीका अध्यक्ष प्रदिप केसीका अनुसार बिहीवार ४५ करोड ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । २०८० भदौ १० मा औपचारिक रूपमा कारोबार शुभारम्भ गरेको यस ब्रोकर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गर्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता ग्रहण गरेको छ।

हाल, कम्पनीले काठमाडौं महानगरपालिका–१०, बुद्धनगरस्थित मुख्य कार्यालयबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। प्रवन्ध सञ्चालक शालिकराम अधिकारीका अनुसार, कम्पनीले ग्राहकलाई सर्वसुलभ र प्रविधिमैत्री धितोपत्र ब्रोकरेज सेवा तथा निक्षेप सदस्य (डिपी) सेवा उपलब्ध गराउँदै आएको छ।

 

Tags: