आध्यात्मिक ज्ञान र परम्परा प्रवद्र्धनमा फरक तरिकाले मनाइयो तीज

Image

मुगु – तीजको अवसर पारेर नारी उत्थान तथा सचेतना केन्द्र मुगुले बुधवार नगरका विद्यालयमा तीज मनाएको छ। संस्थाले विद्यार्थी र अभिभावकसँग आध्यात्मिक ज्ञानमा विकास हुने र परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले अभिभावकसँग फरक तरिकाले तीज मनाएको हो।

नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हरेक वर्ष जस्तै यो वर्ष पनि तीज कार्यक्रम गरेर अध्यात्मिक ज्ञानमा  परोपकारीको लागि संस्थाले कार्यक्रम गरेको बताइएको छ । आफ्नो संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने हेतुले हरेक वर्ष यसरी नै हरितालिका तीजमा फरक तरिकाले ज्ञान दिने उद्देश्यले जिल्लाको सामाजिक कार्यमा निरन्तर समाज सेवामा जुट्दै आएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष र विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य  चेतना मल्ल शाहीले जानकारी दिइन्।

समाजसेवी मल्ल शाहीका अनुसार हरितालिका तीज हिन्दु परम्परा अनुसार सकारात्मक रूपमा ज्ञान दिने उद्देश्यले नगरभित्रका विद्यालयका विद्यार्थीका अभिभावकसँग धेरैभन्दा धेरै महिलालाई कार्यक्रममा सहभागी गराउने उद्देश्यका साथ आयोजना गरिएको हो।
 

बुधवार छायाँनाथ रारा नगरपालिका वडा नं ३ को महादेव आधारभूत विद्यालयमा  बिहान ११ बजेदेखि सुरु गरिएको कार्यक्रम बेलुका ७ बजे सम्म चलेकोथियो।

 

Tags: