एक महिनामा सवा खर्बको आयात, निर्यात १२ अर्ब, पेट्रोलियम पदार्थको आयात उच्च

Image

काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा १ खर्ब २८ अर्ब ३७ करोडको बराबरको आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार यो अवधिमा १२ अर्ब २२ करोड रुपैयाँको मात्र निर्यात देखिन्छ । तथ्यांक अनुसार गत वर्षको तुलनामा गतवर्षको यो अवधिको तुलनामा निर्यात झण्डै १० प्रतिशतले कम हो । गत आर्थिक

वर्षको साउन महिनामा १३ अर्ब ५२ करोड रुपैयाँको निर्यात थियो । आयातको तथ्यांक भन्दा पनि केही कम हो गतवर्षको तुलनामा १ अर्ब रुपैयाँ कमको आयात छ ।
यो अवधिमा सधै जस्तै डिजल, पेट्रोल र ग्यास बढी आयात भएको छ । साउन महिनामा ६ अर्ब ९८ करोड रुपैयाँको डिजल, ५ अर्ब ६९ करोडको पेट्रोल र ४ अर्ब ८२ करोडको ग्यास आयात भएको छ ।

यो अवधिमा फलामको कच्चा पदार्थ ३ अर्ब ७२ करोड, स्टिलका कच्चा पदार्थ २ अर्ब ७८ करोड, युरिया २ अर्ब ७४ करोड, सन फ्लावरको कच्चा पदार्थ २ अर्ब २० करोड र २ अर्बको स्मार्टफोन आयात भएको छ ।

 

Tags: