द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छूट सम्झौता

Image

काठमाडौ – काठमाडौंको सोल्टीमोडस्थित ‘द सोल्टी होटेल ग्रुप’ र प्रभु बैंक लिमिटेडबीच विशेÈ छूटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतवार प्रभु बैँकका प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका म्यानेजर सुदन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

द सोल्टी होटेल ग्रुप अन्र्तगत द सोल्टी होटेल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत छूट पाउने बताइएको छ ।


सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छूट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।

विगत ५ दशकभन्दा बढी देशको पर्यटन क्षेत्रमा द सोल्टी होटेल समूहले योगदान गर्दैआएको छ भने त्यसैगरी, ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकलाई ‘विश्वास लिन्छौं विश्वास दिन्छौं’ मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
 

 

 

Tags: