कामना सेवा विकास बैंकको साधारण सभा, १२ प्रतिशत लाभांश दिने

Image

काठमाडौं–कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत लाभांश दिने भएको छ । बुधवार काठमाडौंमा सम्पन्न बैंकको १८औं वार्षिक साधारणसभाले ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (करसमेत) गरी १२ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूची सर्वसम्मतिले पारित गरेको छ ।

सभाले १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावसमेत पारित गरेको छ ।

 

Tags: