राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७% ब्याजदरमा निजी गाडी कर्जा योजना

Image

काठमाडौं –राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्वको अवसरमा ‘महान चाडपर्व उत्सव योजना’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि ‘फेस्भिट अफर अफ भेहिकल लोन’ गाडी कर्जा योजना ल्याएको छ ।

मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने बताइएको छ । कर्जा रकमको शून्य दशमलव ५० प्रतिशत सेवा शुल्क लाग्ने बताइएको छ । गाडीको कोटेशनमा अंकित मूल्यको विद्युतीय गाडी(इभी)को हकमा बढीमा ८० प्रतिशत र पेट्रोल÷डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने बताइएको छ ।

बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बताइएको छ । यो योजनाअन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने बताइएको छ । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ ।

 


         

 

Tags: