‘एटिक रेस्टुरेन्ट एण्ड बार’को नयाँ वर्ष साँझ

Image

काठमाडौं– काठमाडौंको ज्ञानेश्वरस्थित ‘एटिक रेस्टुरेन्ट र बार’ले नयाँ वर्ष साँझ कार्यक्रम गर्ने भएको छ । आगामी १२ अप्रिल, २०२४, ३० चैत्र २०८० मा साँझ ६ बजे बाट शुरू हुनेगरी नेपालको नयाँ वर्षको उत्सवका लागि तयारी गरेको बताइएको छ ।

यो विशेष उत्सवमा नेपालको हिमालदेखि तराईसम्मको देशको भूभागलाई दर्शाउने भू–स्वरूपको सजावट गरिनुको साथै उत्कृष्ट नेपाली भोजनको पनि आनन्द लिन सकिने एटिकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपाली शैलीमा नयाँ वर्षलाई स्वागत गर्दै, नेपाली खाना, नेपाली सजावटको साथमा उद्घोषक हास्य कलाकार विश्वास तिमिल्सिना (बिटी कान्छा) को प्रस्तुति बाट शुरू भइ अमित जंग र “मुक्ति एण्ड रिभाइबल“ को प्रस्तुति रहने बताइएको छ ।

यो विशेष कार्यक्रममा आफ्नो उपस्थिति सुनिश्चित गर्न खल्तीमार्फत आफ्नो सीट बुक सकिनेछ । परिवारिक प्याकेजका लागि वा थप विवरणको लागि, कृपया एटिक सम्पर्क रेष्टुरेन्टले आग्रह गरेको छ ।

 

 

Tags: