प्रभु केबलकारले आईपीओ जारी गर्ने तयारी, कहिलेसम्म होला ?

Image

काठमाडौं – प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।

प्रतिस्पर्धाबाट छनोट हुने बिक्री प्रबन्धकले कम्पनीको आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउन शिलबन्दी आह्वान गरिएको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ । कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने भएको छ ।

इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । छनौट भएको बिक्री प्रबन्धकले कम्पनीको आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

कम्पनीले ३ वटा केवलकार परियोजना निर्माण कार्य अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केवलकार प्रोजेक्ट सम्पन्न हुने चरणमा छ । रुपन्देही जिल्लाको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केवुलकार निर्माण अन्तिम चरणमा छ ।

 

Tags: