सुशान्त केसी, सुरक्षा पन्त र दयाहाङ राई ‘हिरो ब्राण्ड’का एम्बेसडर

Image

काठमाडौं– नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तिलाई ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दि आर्ट शोरुममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको सिजी मोटर्सको यस रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो बनाउने लक्ष्य राखेको बताएको छ ।

सिजिले गायक सुशान्त केसीलाई हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्तलाई हिरो जम र अभिनेता दयाहाङ राईलाई हिरो स्प्लेन्डर सिरिजको एम्बेसडर नियुक्त गरेको हो ।
मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा विस्तारका लागि आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरेको थियो। हिरोका मोटरसाइकल तथा स्कुटरहरु अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।


सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुँदै आइरहेका छन्। साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरुको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

 

Tags: