सरकारले तीन महिनामा ३२९ अर्ब खर्चियो, राजस्व संकलन २४८ अर्ब २६ करोड
काठमाडौं– सरकारले चालु आर्थिक वर्षको तीन महिनामा रू. ३२९ अर्ब २० करोड खर्च गरेको छ, जसमा चालु खर्च रु. २२९ अर्ब ८५ करोड, पुँजीगत खर्च रु. २९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थासम्बन्धी खर्च रु. ६९ अर्ब ९७ करोड रहेको छ।
मंगलवार राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार नेपाल सरकारको कुल राजस्व रु. २४८ अर्ब २६ करोड पुगेको छ, जसमा कर राजस्व रु. २१९ अर्ब ६८ करोड र गैर कर राजस्व रु. २८ अर्ब ५८ करोड रहेको छ।
अर्थ मन्त्रालयका अनुसार, २०८१ असोज महिनाको समाप्तिसम्म नेपाल सरकारको नगद मौज्दात रु. १७५ अर्ब ६६ करोड रहेको छ, जुन गत वर्षको समान अवधिमा रहेको रु. ९१ अर्ब ७८ करोडको तुलनामा धेरै वृद्धि भएको छ।