ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं (अस) । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा सोमवार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाका कम्पनी सचिव एवम् प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए । कार्यक्रममा शेयरधनीबाट उठेका जिज्ञासा एवम् सुझावको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांक अब्बल रहेको र आगामी दिनमा शेयरधनी एवम् ग्राहक सदस्यको सर्वोपरि हित हुने गरी कार्य गरिने बताए ।
संस्थाले १२१ शाखा कार्यालयमार्फत १ लाख ५२ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै करीब ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।