विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक

Image

काठमाडौं – गायिक विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक भएको छ । भट्टीको पुतली भाग २० मा समेटिएको गायिका माझीको स्वर रहेको यो गीतमा संगीत र शब्द सुन्दरमणि अधिकारीको छ । गीतलाई सपना म्युजिक इन्डष्ट्रिजले ल्याएको हो ।

गीतमा चेलीले घरमा भोगेका पीडालाई पृष्ठभूमिको भिडियोमा प्रस्तुत गरिएको छ भने आमालाई पठाएको सन्देशमा आफूलाई कुनै पीडा नभएको खबर गीतमार्फत पठाउन खोजिएको छ । गीतको उत्पादन र निर्देशन पनि सुन्दरमणि आफैको छ ।

गीतमा अभिनयको नेतृत्व ललिता पौडेल र लाहाना चिमोरिया छन्। बाल कलाकार प्रविधि भण्डारीको समेत अभिनय रहेको गीतमा अशिष अविरलको एरेन्ज, रेकडिङ तथा मिक्सिङमा कुशल गौतमकको भूमिका छ ।

यस्तो छ गीत

 

Tags: