उत्तम अनन्त र सुनिता बुद्धको स्वरमा ‘पानबुट्टे चोलीमा’

Image

काठमाडौं – गायक उत्तम अनन्त पौडेल र गायिका सुनिता बुद्ध क्षेत्रीको सुमधुर आवाजमा रहेको नयाँ गीत ‘पानबुट्टे चोलीमा’ सार्वजनिक भएको छ। विष्णु भट्टको शब्द र संगीतमा तयार भएको यो गीतले नेपाली लोकदोहोरी संगीतमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् भने रेकर्डिङ सागर बाजुरेली र मिक्सिङ खड्का बाजुरेलीले गरेका छन्। मलाश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियोमा सुनिल क्षेत्री र करिश्मा ढकालको अभिनय छ, जसले भिडियोलाई थप आकर्षक बनाएको छ। छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन र रङ संयोजन अमृत चापागाईंले गरेका छन्। भिडियोको निर्देशन र कोरियोग्राफी पनि सुनिल क्षेत्रीले नै गरेका हुन्।

देश–विदेशका धेरै व्यक्तिहरूको योगदानले तयार भएको यो गीतले छोटो समयमै धेरै दर्शकको माया जितेको छ। युट्युबमा सार्वजनिक भएको यो गीतलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

गीत उत्तम अनन्त पौडेलको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। यो गीतले नेपाली लोकदोहोरीको पहिचानलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

गीतको लिंक.....................

 

Tags: