सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५ छूट

Image

काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलले छूट दिने भएको छ । दुई संस्थाबीच विभिन्न सेवामा छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले हस्पिटलका विभिन्न शाखामा सेवा लिई बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ । सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ तथा इन्टरनेशनल बिजनेस प्रमुख जीतबहादुर अधिकारी र हस्पिटलका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् । हस्पिटलले कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगरस्थित शाखा कार्यालयबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

 

Tags: