प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

Image

काठमाडौं – प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले बताए।

असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

 

 

 

Tags: