माछापुच्छ्रे बैंकको क्रस बोर्डर भुक्तानी सम्झौता

Image

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरणका लागि नेपाल क्लियरिङ हाउस र फोन पेसँग सम्झौता गरेको छ । फोन पेसँगको  सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले ‘यूपीआई–इनेबल एप’को प्रयोगद्वारा आफूले प्रयोग गरेको सेवा तथा खरीद गरेको वस्तु तत्काल फोन पे  नेटर्वकमा आबद्ध माछापुच्छ्रे बैंकका मर्चन्टमा सोझै भुक्तानी गर्न सकिने बताइएको छ । 

साथै, बैंकले नेपाल क्लियरिङ हाउससँग पनि साझेदारी सम्झौता गरेको छ । यस सम्झौता कार्यान्वयनमा आएपश्चात् नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा सिधै पैसा पठाउन सकिने बताइएको छ । नेपाल राष्ट्र बैंकले दैनिक १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख रुपैयाँसम्म भारत पठाउन सकिने सीमा तोकेको छ ।
 

Tags: