तरकारीमा विषादीको अत्याधिक प्रयोग न्यूनीकरण गर्न जरूरी छ : कृषिमन्त्री रामनाथ अधिकारी

Image

काठमाडौं – कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरूरी रहेको बताएका छन्। काठमाडाैंको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्य पूरा हुन नसक्ने बताए।

आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको बताए। तरकारीमा विषादीको अत्याधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरूरी रहेको बताए।

विषादी न्यूनीकरणका लागि किसान दाजुभाइलाई मन्त्री अधिकारीले आग्रह पनि गरे । किसान र सम्बन्धित निकायबीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले बताए।
किसानको उत्पादन शहरसम्म ल्याई विक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।

 

Tags: