ओगानेम आमा समूहद्वारा मुक्लीमा बाटो सरसफाइ

Image

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–६ मुक्लीको जोकु चौताराबाट बोर्दिम सम्मको गोरेटो बाटो सरसफाइ गरिएको छ । ओगानेम आमा समूहको सक्रियतामा शनिबार तीन किलोमीटर सडक सरसफाइ गरिएको समुहका सह–सचिव धनरुपा राईले जानकारी दिइन्  ।

समूहका सह–सचिव धनरुपा राईको नेतृत्वमा गरिएको उक्त सरसफाइ कार्यक्रममा ११ जना सदस्यको सहभागिता रहेको बताइएको छ । दशैं, तिहार लगायत चाडपर्व नजिकिएकाले मानिसको आवगमन बढ्ने हुँदा सरसफाइ आवश्यक रहेको उनको भनाइ छ ।

सामान्य गाउँ टोलको गोरेटो बाटो तथा सडक सरसफाइ गर्ने दायित्व सरकारको मात्र नभई स्थानीय नागरिक तथा समूहको समेत भएकाले आफूहरू सक्रिय बनेको सह–सचिव राईले बताए ।


गाउँ समाज सुधार गर्नको लागि समाजकै नागरिक सचेत हुनुपर्ने उनको भनाइ छ ।

 

Tags: