विदेश अध्ययनमा अवसर खोज्नेका लागि केआईईसीको शैक्षिक मेला
काठमाडौं । वैदेशिक शिक्षा परामर्शका लागि प्रसिद्ध काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (केआईईसी)ले यही जनवरी २४ (११ माघ)मा शैक्षिक मेला गर्ने भएको छ । पुतलीसडकस्थित केआईईसीको आफ्नै प्राङ्गणमा शैक्षिक मेलाको आयोजना गर्न लागिएको बताइएको छ । दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने यो मेलामा युरोपका यूके, नेदरल्यान्ड, आयरल्याण्डका साथै अमेरिका र क्यानाडाका विश्वविद्यालयको प्रत्यक्ष सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
मेलाले विद्यार्थी र अभिभावकलाई भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर र भिसा प्रक्रियाको सहजीकरणमा आवश्यक सम्पूर्ण जानकारी उपलब्ध गराइने केआईईसीका प्रबन्ध निर्देशक राजेन्द्र रिजालले बताए। मेलामा विद्यार्थीलाई शिक्षण संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने र आफ्ना जिज्ञासाको समाधान गर्ने अवसर मिल्ने प्रबन्धक निर्देशक रिजालले जानकारी दिए।
‘विद्यार्थीले सही परामर्श पाउँदा मात्र विदेश अध्ययनको सपना सफल हुन्छ। यो मेला विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने जानकारीको खजाना हुनेछ,’ रिजालले भने। करिब दुई दशकदेखि हजारौँ विद्यार्थीलाई विदेश अध्ययनमा सहयोग पु¥याउँदै आएको केआईईसीले आयोजना गरेको यो मेला विद्यार्थी र अभिभावकका लागि उत्कृष्ट अवसर भएकोले उपस्थित हुन अनुरोध गरेको छ।