मह किसानको समस्या अध्ययन गर्न समिति गठन

Image

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न एक समिति गठन गरेका छन् । आइतवार मन्त्रालयमा सरोकारवालाको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी ९सदस्यीय समिति गठन गरेका हुन् । समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुबै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरूरी रहेको बताए । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताए । मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रीक टन मह विक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छन् । मह आयत रोके पनि सिरफको रूपमा यस्को आयात भैरहेको भन्दै मह किसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने , स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छन् ।

 

 

 

Tags: