आइएमई पेलाई आइसिटिको ‘डिजिटल सर्भिसेज’ अवार्ड

Image

काठमाडौं – डिजिटल वालेट ‘आइएमई पे’ आइसिटि अवार्ड २०२४ को ‘डिजिटल सर्भिसेज’ विधाबाट सम्मानित भएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न भएको आइसिटि अवार्ड कार्यक्रममा आइएमई पे उक्त अवार्डबाट सम्मानित भएको हो ।

आइसिटि अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मान गर्दै आएको बताइएको छ ।
आफ्नो नवीन र प्रयोगकर्तामैत्री प्लेटफर्ममार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न वित्तीय सेवाको प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको बताइएको छ । अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आइएमई पेको महŒवपूर्ण योगदानलाई सम्मान गरेको कम्पनीको भनाइ छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई थप बलियो बनाउने बताए । उनले भने, ‘आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देशभरका व्यक्ति र व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ ।’

 

Tags: