यसरी मनाइयो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस

Image

काठमाडौं – नेपालमा पहिलो पटक १०० भन्दा बढी संघ संस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा सोमवार मानव संसाधन समाज नेपालले अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ । यो दिवस २० मेमा मनाइदै आएको छ ।

विश्व मानव संसाधन दिवस ‘एच आर शेपिङ द न्यू फ्युचर’ नाराका साथ एक घण्टा पैदल र्याली गरि मनाइएको हो । पैदल र्याली नेपाल राष्ट्र बैंक बालुवाटारबाट सुरु भई भाटभोटीनी, पुलिस हेडक्वाटर गैरिधारा चोक हुँदै पुनः बालुवाटार नेपाल राष्ट्रबंैक चेक अगाडि आएर कोणसभा गरी समापन गरिएको थियो ।

मानव संसाधन समाज नेपालका बारे

मानव संसाधन समाज नेपाल गैर नाफामुलक सामाजिक संस्था हो जुन सन् २०१३ मा वरिष्ठ मानव संसाधन विज्ञहरू द्वारा स्थापित गरिएको हो । यसले मानव संसाधन क्षेत्रलाई व्यवस्थापनको एक महत्वपूर्ण पक्षको रूपमा सुदृढ र सशक्त बढाउनुका साथै मानव संसाधन क्षेत्रका विज्ञहरूको विज्ञतालाई अझ अभिबृद्धि गर्दै निरन्तर रुपमा यसको दायरा बढाउँदै बढाउँदै लैजाने गर्दछ । मानव संसाधन समाज नेपालको प्रादेशीक च्याप्टर बाहेक, आफ्नो अन्तर्राष्ट्रिय सम्बद्धता भारतको ल्ज्च्म्ल् सँग रहेको छ । मानव संसाधन समाज नेपालले मासिक रुपमा नलेज शेयरीङ शेसन (प्क्क्), तालिम र सीप विकास कार्यक्रमहरू र राष्ट्रिय मानव संसाधन सम्मेलनहरू जस्ता विभिन्न नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

Tags: