एनपीएलमा एनसेल लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजक
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)का लागि एनसेल नेपाल लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजक बनेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा अभिनेता तथा लुम्बिनी लायन्सका ब्रान्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तरराष्ट्रिय खेलाडी उपस्थित थिए ।
यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।
लुम्बिनी लायन्सका अध्यक्ष जिसीले यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महŒवपूर्ण योगदान पु¥याउनेमा विश्वस्त रहेको बताए । ‘एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउनेछ,’ उनले भने ।
एनसेल नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहँदै आएको बताइएको छ । ‘लुम्बिनी लायन्ससँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौं । ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
एनपीएललाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई चारओटा एजुकेसनल किट प्रदान गर्ने घोषणा गरेको थियो ।