सलिको गण्डकी प्रादेशिक कार्यालय, अमरसिंह चोक पोखरामा उद्घाटन

Image

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ( सलिको)को गण्डकी प्रादेशिक कार्यालय अमरसिंह चोक पोखराको  उद्घाटन गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख दाहालले शुभकामना दिँदै सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइ राख्न आग्रह गरे ।

कम्पनीका सीईओ क्षेत्रीले सम्पुर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्न आग्रह गरे,  सो अवसरमा निसा गण्डकीका बुद्दिप्रसाद अधिकारी, निसाका पूर्व संयोजक सुरेन्द्रबहादुर गोदार लगाएतले शुभकाना दिएका थिए ।

कार्यक्रममा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगायत सम्पुर्ण कर्मचारीको उपस्थिति थियो, कम्पनी बारेमा नेशनल कोअर्डिनेटर (सहायक महाप्रबन्धक) कविराज पौडेल बताएका थिए भने प्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेल ले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Tags: