जीएसी ग्रुपको विश्व प्रसिद्ध ब्रान्ड होण्डा र टोयोटासँग साझेदारी

Image

काठमाडौं– जीएसी ग्रुपले लगभग तीन दशकको अवधिमा उल्लेखनीय संयुक्त उद्यमहरूको साथमा अक्सिलो विकास देखाएको छ। सन् १९९९ मा होण्डासँग र सन् २००४ देखि टोयोटा जस्ता विश्व प्रसिद्ध ब्रान्डको  प्रारम्भिक साझेदारीदेखि नै, यसले उत्कृष्ट आर एण्ड डी र निर्माण क्षमता कार्यान्वयन गर्ने मिसनका साथ अन्तर्राष्ट्रिय उद्यम विस्तार गरेको थियो ।

यस साझेदारीलाई अझै विश्व माझ प्रगाढ बनाउदै जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ्ग प्रणालीसहितको पहिलो ईभी आउँदो वर्ष   चिनिया मार्केट्मा प्रस्तुत गर्ने बताइएको छ ।

यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्ने र जसको परिणामस्वरूप प्रिमियम गुणस्तरका उत्पादनको डेलिभरी हुने कम्पनीको भनाइ छ।

 

 

Tags: