नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढी पहिरो पीडितका लागि खाद्यान्न सहयोग

Image

काठमाडौं – नेपाल वनस्पति घ्यू तेल उत्पादक संघल बाढी पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनका लागि विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको छ ।

संघले चामल ३६० बोरा, चिउरा १०० ब्याग, मसुर दाल ४० ब्याग, र तोरीको तेल २० कार्टुन सहयोग गरेको हो। उक्त सहयोग सामग्री उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधि मण्डलले मन्त्रालयमा हस्तान्तरण गरेका हुन्।

उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास संघको छ।

 

Tags: