‘टेक्नो स्पार्क गो वान’को विक्री शुरु, के के छन् मूल्य र विशेषता ?

Image

काठमाडौं – स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ बजारमा ल्याएको छ ।  रू. ११,९९० मात्र मूल्य तय भएको यो फोनबाट ग्राहकले आफ्नो न्युनतम लगानीमा  उच्च गुणस्तरको अनुभव गर्न सक्ने कम्पनीको दाबी छ । स्पार्क गो वान आजदेखि अनलाइन र अफलाइन दुवै बजारमा उपलब्ध हुनेछ।

जुनसुकै अवस्थामा निरन्तर  स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ–फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि डीटीएस र डुअल स्टेरियो स्पिकरसहितको स्पार्क गो वान पहुँचयोग्य प्रविधि र स्थायित्वको उत्तम फ्युजनका रुपमा तयार गरिएको बताइएको छ । ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको बताइएको छ ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारी यो फोन आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको  बताउँछन् । उनी भन्छन्, ‘ स्पार्क गो वान यो भन्दा अघि जान तयार रहेको छ। आजका प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’

टेक्नो स्पार्क गो वानले ८ जीबी* र १२८ जीबी सम्मको लागि रु ११,९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ। यो सेप्टेम्बर १६ मा नेपालका  स्टोरहरूमा आउने छ र नेपालभर अफलाइन र अनलाइन दुवैमा उपलब्ध हुनेछ। टेक्नो स्पार्क गो वान तीन वटा भेरीएन्टहरूमा उपलब्ध छ जसका स्टोरेज र मुल्यहरू नीम्न प्रकारका छन :

3GB RAM/64 GB ROM=रु ११,९९०

4GB RAM/64 GB ROM=रु १२,६९०

4GB RAM/128GB ROM=रु १३९९०

साथै १०० दिनसम्मको  रिपेल्स्मेन्ट ग्यारेन्टी र १२+१ महिनाको वारेन्टी पनि उपलब्ध छ।

* मेमोरी फ्यूजन

Tags: