‘इन्डिजेनियस वुमन लिडर्स इन क्लाइमेट’ विषयक छलफल

Image

काठमाडौं – जलवायु संकटको समाधान खोज्नमा आदिवासी समुदायका महिलाहरूले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरालाई मान्यताका साथ अमेरिकी राजदूतावासले बुधवार नेपालस्थित अमेरिकी राजदूतावासमा ‘इन्डिजेनियस वुमन लिडर्स इन क्लाइमेट’ नामक छलफल कार्यक्रमको आयोजना गरेको छ।

यस कार्यक्रमले आदिवासीको नेतृत्वमा अनुसन्धान र शिक्षाको प्रवर्द्धन गर्न आफ्नो विशेषज्ञता र अनुभव साट्न विभिन्न संस्थाका महिला नेतृत्वकर्तालाई एकसाथ ल्याएको बताइएको छ।

 जलवायु परिवर्तनले जोखिममा रहेका समुदायलाई  बढी असर कसरी असर गर्छ र यसले गर्दा बसाइँसराइ र रित्ता गाँउ–शहरको सम्भावना कसरी बढ्छ भन्ने विषयमा सो छलफल केन्द्रित रहेको बताइएको छ । छलफलका सहभागीले यी परिवर्तनलाई अनुकूलन गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तरपुस्ताको ज्ञानले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने विषयमा पनि छलफल भएको थियो।

यस्ता महत्त्वपूर्ण र समयसापेक्ष छलफलहरूलाई समर्थन गर्न नेपाली महिला नेतृत्वमा रहेका आदिवासी संस्थासँग साझेदारी गर्न पाउँदा गर्व गरेको अमेरिकी दूतावासले जनाएको छ।

 

Tags: