अमेरिकी उप–विदेशमन्त्री वर्माको नेपाल भ्रमण, उनले के के गरे ?

Image

काठमाडौं– व्यवस्थापन तथा  श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको अमेरिकी दूतावासले जानकारी दिएको छ । भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका थिए ।

भेटमा नेपालका लागि उज्जवल,  दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी भएको बताइएको छ ।

यसै क्रममा उप–विदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको बताएका थिए । यसै गरी उनले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न एमसीसी नेपालका अधिकारीहरूसँग पनि भेट गरेका थिए । उनले युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीसँग पनि कुराकानी गरेका थिए।

 

Tags: