श्रमिकलाई सन सेक्युरिटिजको निःशुल्क रेमिट डिम्याट खाता अफर 

Image

काठमाडौं – सन सेक्युरिटिज प्रालिले अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबारका लागि सहजीकरण गर्र्ने कम्पनीले जानकारी दिएको छ । यस सेवाबाट विदेशमा कमाइ गरेर नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

कम्पनीको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’को अभियानलाई सार्थकता दिने यो अफर ल्याएको बताइएको छ । यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीले खोल्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको वेबसाइट www.sunsecurities.com बाट open account मा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीहरुसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनहरुको पालना गरी भिडियो केवाइसि भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ । 

कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुनुहने ग्राहकहरुका लागि बैंक वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकहरुले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । 

Tags: