शुक्रवार ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’, डिजिटलाइजेसन र विकासको तालमेलमा जोड दिइने

Image

काठमाडौं – यहि जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुँदैछ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ वत्ताहरू रहने बताइएको छ।
 
काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने बताइएको छ। कार्यक्रमको समापनको पावर संवादमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहनेछ। यसैगरी सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसन रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कन्क्लेभमा  डिजिटल नेपालको लागि नविनत प्रविधि तथा इनिसिएटिभ्सलाई प्रस्तुति र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको बताइएको छ । लगभग २० ओटा डिजिटल इनिसिएटिभ्स शोकेसमा रहने आयोजकले जानकारी दिएको छ ।

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्ुजन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयमा सेसन र प्रस्तुति रहने छन् ।

वर्षको ठूलो प्रविधि सम्मेलनको रूपमा आयोजना हुने कन्क्लेभमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपसहित ५०० बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । इच्छुक व्यक्तिले सहभागिताको लागि वेबसाइट धधध.मष्नष्तबअियलअबिखभ.यचन  बाट टिकट खरीद गर्न सकिने व्यवस्था रहेको छ । सम्पुर्ण कार्यक्रम कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण समेत हुने बताइएको छ ।

फाउण्डेसनले यस वर्ष प्रि–इभेन्टको रूपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेको छ । सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । डिजिटल नेपाल कन्क्लेभको रिपोर्ट र रिसर्च प्रकाशन वेबसाइटमार्फत डाउनलोड गरेर अध्ययन गर्न सकिने बताइएको छ।

डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरि कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपूर्ण र प्रभावकारी हुने आयोजकको भनाइ छ ।  

इन एसोसिएसन विथ एनसेल, पावर्ड वाईमा द एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, विद्युतीय सुशासन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नास आईटी, क्यान महासंघ लगायतको सहकार्यमा हुन लागेको कन्क्लेभको कनेक्टेड बाई पार्टनरमा नेपाल टेलिकम रहेको छ ।

यस्तै टेक्नोलोजी पार्टनरमा स्मार्टन टेक्नोलोजी, बैंकिङ पार्टनरमा नबिल बैंक, डिजिटल पेमेन्ट पार्टनरमा इसेवा, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, टिकेटिङ पार्टनरमा सस्तो टिकेट्स, स्याटेलाइट इन्टरनेट पार्टनरमा क्यासिफिक, ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टिभी एचडी, इभेन्ट म्यानेजमेन्ट पार्टनरमा टेक्नोरियो, आईएसएस, ग्लोबल स्पार्क रहेका छन् ।

साथै सहयोगी सस्थाहरुमा ग्लोबल आईएमई बैंक, इन्फोडेभलपर्स, आईएमई पे,  राष्ट्रिय वाणिज्य बैंक, कोइली, वानपोइन्ट फाइनान्सियल सर्भिसेस, डायमानिक टेक्नोसफ्ट, जियोकृषि लगायत रहेका छन् ।

 

Tags: