मनाङे छैटौ पटक मन्त्री, फ्लोर क्रस गर्ने देवकोटा पनि मन्त्री

Image

गण्डकी – गण्डकी प्रदेश सरकारमा राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बनेका छन्। मनाङेले प्रदेश सरकारमा पटक पटक गरी ६ पटक मन्त्री बन्ने मौका पाएका हुन् । उनीसँगै माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद जसले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिनेका थिए, उनै फणिन्द्र देवकोटा पनि मन्त्री बनेका छन्। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

 

Tags: